दफा २५
कारागारका कर्मचारीले आफ्नो कर्तव्य पालन नगरेमा सजाय
जेलर वा कारागारकाअरू कुनै कर्मचारीले यस ऐनको वा यस ऐन अन्तर्गत बनेको नियमको वा अधिकार
प्राप्त अधिकारीले दिएको आदेशको बर्खिलाप गरी आफ्नोकर्तव्य पालन नगरेमा वा जानी
जानी आफ्नोकर्तव्य पालनमा लापरवाही देखाएमा वा अनुमति नलिई आफ्नोकाम छोडी
कतै गएको वा गयल परेको देखिएमा निजलाई यस ऐनका अन्य दफामा कुनै खास
कुराका सम्बन्धमा खास सजाय तोकिएकोमा सोही बमोजिम र सो बमोजिम
नतोकिएकोमा अवस्था अनुसार तीन महिना सम्म कैदै वा दुईसय रुपैयाँसम्म जरिवाना
वा दुबै हुनेछ ।